पुर्ण परिचित जबेगु
पाँचथर,
साहित्यकार पुष्प लाेवाकाे लिम्बू भाषाकाे कविता सँग्रह मिराःःक्काे केभेक्पा फूूङ´(ज्वालामा फूलेकाे फूल) कविता प्रकाशित भएको छ। नेपाली तथा याक्थुङ लिम्बू भाषा आनिपानमा लामाे समयबाट कलम चलाउदै आउनुभएको साहित्यकार,कवि पुष्प लाेवा शिल्पकला साँस्कृतिक र मुन्धुमी चेतनाको हिसाबले अब्वल हुनुहुन्छ । यो उहाँको चाैथाे कृति हाे,यो भन्दा अगाडि तङ्अम्भुङ् कविता सँग्रह,याग्राङसिङ् कविता सँग्रह र मनालाङयाे कथा सँग्रह प्रकाशित भइसकेको छ भने थुप्रै कथा तथा कविताहरु विभिन्न पत्रपत्रिकामा प्रकाशित भइसकेको छ। याे नयाँ `मिरा:क्काे केभेक्पा फूङ (ज्वालामा फूलको फूल) कविता सँग्रहलाई कि.या.चुम्लुङ पाेर्चुगलले प्रकाशनमा ल्याएको हाे। कवि तथा साहित्यकार पुष्प लाेवा फालेलुङ पाँन्थरमा जन्मिएका हुन।