पुर्ण परिचित जबेगु
फालेलुङ
फालेलुङ गाउँपालिकाकाे सान कला सँङगित एवम साहित्यको सँरक्षण र विकास हाम्रो अभियान भन्ने मुल नाराकाे साथमा फालेलुङ गाउँपालिकाकाे विद्दत सभाकाे तेस्रो वार्षिकोत्सब -२०८२ काे अवसरमा चर्चित युवा गजलकार सुमन स्मारिकाले आफ्ना नयाँ तथा पुराना गजलहरु सुनाएका थिइन्। आफ्ना गजलका सेरहरु प्रस्तुत गर्दै दर्शक श्राेताकाे मन जित्न सफल गजलकारले आफू गजल लेखेरै,वाचन गरेरै देश विदेश घुमिरहेकाे,मन भित्रबाटै साहित्य सृजनामा लागे सहजै जिवनयापन गर्न सकिने उदाहरण प्रस्तुत गर्दै भनिन ” म कैलालिमा जन्मेर सुदुरपुर्व तपाईंहरूको ठाउँमा आईपुगे याे सबै साहित्य सृजनाले दिएको हाे” गजलकार सुमन स्मारिका नेपाली गजल वाचन र लेखनमा प्रख्यात हुनुहुन्छ ।
फालेलुङ वाङमय प्रतिष्ठानकाे आयोजना र फालेलुङ गाउँपालिकाकाे सहयोगमा आयोजना भएको साहित्यिक,साँस्कृतिक कार्यक्रम फालेलुङ वाङमय प्रतिष्ठानको अध्यक्ष सुरेन्द्र शिशिर केरुङकाे अध्यक्षतामा र फालेलुङ गाउँपालिकाकाे अध्यक्ष विरबिक्रम थाम्सुहाङकाे प्रमुख आतिथ्यमा सम्पन्न भएको थियोे, साहित्यिक कार्यक्रममा सुमन स्मारिका साथै रँगवादि कवि धर्मेन्द्र विक्रम नेम्वाङ,कविहरु समदर्शी काँइला,राजकुमार इशारा,आशिष् आङबाे लगायतले कविता वाचन गर्नुभएको थियोे भने कविता प्रतियोगितामा प्रथम सनबहादुर राई,दाेस्राे मचिन्द्र लाेवा र तृतीय गजेन वान्तावा जमिन र ज्ञानवहादुर राई हुनुभएको थियोे,भने कार्यक्रममा झाँकी प्रस्तुति,गायन, नृत्य प्रस्तुत भएको थियोे ।