पुर्ण परिचित जबेगु
पाँचथर,
लिम्बू पत्रकार सँघ पाँचथरको आयोजनामा सम्पन्न भएको अधिवेशनले लिम्बू पत्रकार सँघ पाँचथरको अध्यक्षमा रजनी हाङसरुम्बालाई सर्वसम्मत चयन गर्दै सम्पन्न भएको छ त्यस्तै समितिको उपाध्यक्षमा भुपेन याेङहाङ,सचिवमा इवारा जबेगु,सहसचिवमा मनेन्द्र केरुङ,काेषाध्यक्षमा सुस्मा हाङसरुम्बा सदस्यहरुमा तागेरा तावाहाङ,इच्छा लिम्बू,पदमसुखी सम्बाहाम्फे र असाेक लावती चयन हुनुभएको छ। त्यस्तै प्रदेश प्रतिनिधिमा उपेन्द्र एक्तेन,पुर्ण परिचित जबेगु र सम्झना याेङहाङ सर्वसम्मत चयन हुनुभएको छ।
आज सम्पन्न जिल्ला अधिवेशनमा लिम्बू पत्रकार सँघकाे केन्द्रीय अध्यक्ष सन्देश सुब्बाको प्रमुख आतिथ्य साथै फाेनिजकाे प्रदेश अध्यक्ष विजयबाेध लावती,सल्लाहकार अग्रज पत्रकार कविन्द्र शेर्मा लगायतको उपस्थितिमा अधिवेशन सम्पन्न भएको हाे।