याक्थुङ् मुन्चइत चाेक सयङ् पान्थरकाे अध्यक्षमा फुङ्साे जबेगु

पुर्ण परिचित जबेगु

पाँचथर,

पाँन्थर जिल्लाकाे याक्थुङ् मुन्चइत चाेक सयङ्( याक्थुङ चलचित्रकर्मी सँघ) काे अध्यक्षमा फाेङ्साे जबेगु सर्वसम्मत निर्वाचित हुनुभएको छ। आज पाँन्थरकाे फिदिममा भएको याक्थुङ् चलचित्रकर्मीहरुकाे भेलामा याक्थुङ् मन्चइत चाेक सयङ्काे केन्द्रीय अध्यक्ष सागर केरुङकाे उपस्थितिमा अधिवेशन सम्पन्न भएको हाे । उक्त अधिवेशनले सँस्थाकाे उपाध्यक्षमा भुपेन याेङहाङ सचिवमा रजनी हाङसरुम्बा सहसचिवमा बुद्ध केरुङ काेषाध्यक्षमा अमृता जबेगु चयन हुनुभएकाे छ। त्यस्तै सदस्यहरुमा निसाम तुम्बापाे,उत्तम याेङहाङ,सुयाेन आङदेम्बे,विवेक हाङसरुम्बा,मनेन्द्र केरुङ र समीर जबेगु सर्वसम्मत चयन हुनुभएको छ ।त्यस्तै अधिवेशनले चार सदस्यीय सल्लाहकार समिति पनि गठन गरेको छ।सल्लाहकारहरुमा सुरेन्द्र शिशिर केरुङ,बुद्धराज लिम्बू,मधु केरुङ र नरेन्द्रराज केरुङ रहनुभएकाे छ।

याक्थुङ् मुन्चइत चाेक सयङकाे २०६६ सालमा स्थापना भएको हाे। याक्थुङ चलचित्र निर्माण गरि चलचित्रको माध्यमबाट भाषा,साहित,सँस्कृती,लिपि,मुन्धुमकाे सँरक्षण र सम्बर्द्धन गर्ने सँस्थाकाे मुख्य उदेश्य रहेको केन्द्रीय अध्यक्ष सागर केरुङले जानकारी दिनु भएको छ।

Copyright Reserved by NepBrand