फालेलुङ गाउँपालिका पाँचथरको गाउँसभा सम्पन्न जनप्रतिनिधि र सरकारी कर्मचारीकाे छाेराछाेरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने

पुर्ण परिचित जबेगु

फालेलुङ पाँचथर,

पाँचथरकाे फालेलुङ गाउँपालिका पाँचथरले ११ औ गाउँसभा सम्पन्न गरेको छ। आगामी आर्थिक वर्षको लागि ५४ कराेड ४१ लाख ४५ हजार ७ सय १ रुपैयाँको बजेट सार्वजनिक गर्दै गाउँसभा सम्पन्न गरेको छ साथै आन्तरिक राजस्वबाट रु १ कराेड सँङकल गर्ने लक्ष्य रहेको पालिकाकाे उपाध्यक्ष महेन्द्रहाङ जबेगु फुङनिमाले बताउनुभएको छ।

गाउँसभाले पालिका भित्र रहेका जनप्रतिनिधि,कर्मचारी र शिक्षकहरुले आफ्ना छाेराछाेरीलाई सामुदायिक विद्यालयमा नै पढाउनुपर्ने नीति तथा कार्यक्रम पारित गरेको छ। याे नीति कानुनकै रुपमा अगाडि बढाइएको र निति विपरीत भएमा भत्ता तथा सुविधाको कुल रकमको १०प्रतिशत कटौती गरि पालिकाकाे आन्तरिक राजस्व खातामा जम्मा गर्ने निति तथा कार्यक्रममा उल्लेख रहेको फालेलुङ वडा नम्बर -५ का वडा अध्यक्ष तथा फालेलुङ गाउँपालिकाकाे प्रवक्ता भरत खपाङ्गीले जानकारी दिनुभएको छ। गाउँसभाले कृषि,वन तथा वातावरण र जिन्सी लिलामी ऐन समेत पारित गरेको बताउनु भएको छ।

Copyright Reserved by NepBrand