पुर्ण परिचित जबेगु
फालेलुङ पाँचथर,
फालेलुङ गाउँपालिकाकाे फालेलुङ वाङमय प्रतिष्ठान फालेलुङ पाँचथरकाे आयोजनामा वृहत् खुला कविता प्रतियाेगिता आयोजना गरिने भएको छ। आज भएको विद्धत सभाकाे बैठकले २०८२ साल असार १४ गते सनिवार वृहत् खुला कविता प्रतियोगिता आयोजना गरिने निर्णय भएको फालेलुङ गाउँपालिकाकाे वाङमय प्रतिष्ठानको अध्यक्ष सुरेन्द्र शिशिर केरुङले जानकारी दिनु भएको छ।
कवितामा प्रथम,दाेस्राे र तृतीय हुने कविहरुलाई क्रमशः पन्द्र हजार दस हजार र पाँच हजार नगद पुरस्कार सहित सम्मान प्रमाणपत्र वितरण गरिने भएको छ।