साताै फालेलुङ च्यालेन्ज कपकाे उपाधि शिवसताक्षी गाउँपालिका झापालाई

पुर्ण परिचित जबेगु

फालेलुङ पाँचथर

पाँचथर फालेलुङ गाउँपालिका मछेबुङमा साताै फालेलुङ च्यालेन्ज कप अन्तरपालिका भलिबल प्रतियोगिता सम्पन्न भएको छ। उक्त भलिबल प्रतियोगितामा फाइनलमा शिवसताक्षी गाउँपालिका झापाले सिदिङवा गाउँपालिका ताप्लेजुङलाई हराउँदै उपाधि हात पारेको थियोे,उपाधि सँगै शिवसताक्षी गाउँपालिका टिमले रु पचहत्तर हजार ट्रफि,मेडल र प्रमाणपत्र हात पारेको थियोे भने दाेस्राे भएको सिदिङवा गाउँपालिकाले पैतिस हजार,ट्रफि,मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।

जुनेली युवा कृव फालेलुङ -३ मछेबुङकाे आयोजना र फालेलुङ गाउँपालिका पाँचथरकाे आर्थिक सहयोगमा साताै फालेलुङ च्यालेन्ज कपकाे आयोजना भएको थियोे साथै सागीँतिक कार्यक्रम अन्तरगत नेपालकाे चर्चित गायक डम्बर नेपाली साथै दीक्षा खजुम,सुनिल केरुङ लगायतको गायन प्रस्तुति तथा बरदान सँगीतालय फिदिमकाे नृत्य प्रस्तुति रहेको थियोे ।

Copyright Reserved by NepBrand