फालेलुङमा प्रसासकिय पालिका भवन साथै पाँच सैयाकाे आधारभूत अस्पताल उद्घाटन

पुर्ण परिचित जबेगु
फालेलुङ,पाँचथर
पाँचथर जिल्लाकाे फालेलुङ गाउँपालिका पाँचथरमा पालिका प्रसासकिय भवन साथै पाँच सैयाकाे आधारभूत अस्पताल निर्माण कार्य सम्पन्न पछि उद्घाटन गरिएको छ।
नेपाल सरकारकाे स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पाैडेलले प्रसासकिय भवन र पाच सैयाकाे अस्पतालकाे उद्घाटन गर्नु भएको हाे। फालेलुङ – ३ काे नाम्लुवामा २०७८ सालबाट निर्माण सुरु भएको अस्पतालकाे १२ कराेड २ लाख ३ हजार १ सय १४ रुपैयाँ लागतमा सम्पन्न भएको हाे। अस्पतालकाे उद्घाटन गर्दै मन्त्री पाैडेलले अब चाडै अस्पताल सञ्चालन हुने बताउनु भएको छ।

Copyright Reserved by NepBrand