पुर्ण परिचित जबेगु
फालेलुङ पाँचथर,
साताै फालेलुङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता श्री कालिका मा.वि प्राङबुङमा आज सम्पन्न भएको छ।बिहीबारबाट ३ दिन सम्म सञ्चालन भएको रनिङ सिल्डमा १८ वटा खेलहरु समाबेश भएको थियाे । फालेलुङ गाँउपालिका भरिका १३ वटा माध्यमिक विद्यालयहरुकाे सहभागीता रहेकाे खेलहरुमध्ये ६ वटा स्वर्ण र १ वटा कास्य पदक प्राप्त गर्दै श्री कालिका मा.वि. प्राङबुङ फालेलुङ -५ ले यश पल्टकाे राष्ट्रपति रनिङ सिल्ड जित्न सफल भएको छ। त्यस्तै गरि सिद्ध देवि मा.वि सिदिन फालेलुङ – ७ ले ५ वटा स्वर्ण,७ वटा रजत र ४ वटा कास्य पदक जित्दै दाेस्राे स्थान हासिल गर्नु भएको छ। त्यस्तै गरि श्री सिद्धकाली मा.वि फालेलुङ -२ ले ३ वटा स्वर्ण १ वटा रजत र २ वटा कास्य पदक जित्दै तेस्राे स्थान हासिल गरेकाे छ।साेही खेलमा श्री मेमेङ मा.वि मेमेङ फालेलुङ -४ ले २ वटा स्वर्ण,२ वटा रजत र ३ वटा कास्य पदक जित्दै चाैथाे स्थान हासिल गरेको छ।
कार्यक्रमकाे विशिष्ट अतिथि तथा फालेलुङ गाउँपालिका उपाध्यक्ष श्री महेन्द्रहाङ जबेगुले राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताले विद्यार्थीहरूकाे खेलकुद विकासमा महत्त्वपूर्ण भुमिका खेल्ने बताउनु भएको थियाे ।
श्री कालिका मा.वि प्राङबुङकाे वि.व्य.स.अध्यक्ष मानबहादुर थाम्सुहाङकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयका प्र.अ. किशाेर गाैतमले कार्यक्रम सफलता पुर्वक सम्पन्न गर्न सहयोग गर्नुहुने सम्पूर्ण अतिथि लगायत सम्पूर्ण महानुभावहरुलाई धन्यवाद दिनु भएको छ।