पुर्ण परिचित जबेगु
पाँचथर,
असारमा राेपाई सकेर फुर्सदमा हुन्छन् किसानहरु,अलि माथि लेख,खर्कतिर राकेकाे दिन आफ्नो बारीतिर जानू हुदैन आफुले लगाएकाे अन्नवालीमा राके पस्छ भन्ने मान्यता अझै छ गाउँघरतिर यस्तै फुर्सदको दिन प्राङबुङमा भेटघाट हुने,धान नाच्ने,रमाइलो गर्ने,समागमन हुने र आ-आफ्नो सँस्कृती बचाउने साथै लेखमा उत्पादन हुने वस्तुहरु आउलमा हुने वस्तुहरुसग एकआपसमा साटासाट गर्ने चलनबाट राके मेलाको सुरुवात भएको अनुमान मात्रै गर्ने सकिन्छ । आफुले पुर्खाहरुलाई साेध्दा पहिलैबाटै मेला लागेकाे पुर्खाहरुले बताउने गरेको र कति पुस्ता अगाडिबाट लाग्न थालेकाे कसैलाई जानकारी नभएको र त्यसैकारण याे मेलाकाे इतिहास निकै लामाे रहेको थाम्सुहाङ बँसावलीका सँङकलक पुर्व शिक्षक नन्द थाम्सुहाङले बताउनु भयाे,त्यस्तै २०३३ सालमा प्राङबुङ आउनु भएको गणेश केशीका अनुसार आफुले पनि त्यहीँ सालमा सात दिन सम्म मेला हेरेको बताउनु भयाे। यसै मेलालाई निरन्तरता दिनकाे लागि २०८२ साल साउन २ गतेबाट साउने सक्रान्ती तथा राके मेलाकाे अवसरमा श्री कालिका माध्यमिक विद्यालयकाे खेलमैदानमा महिला तथा पुरुष फुटबल प्रतियोगिता हुने भएको छ,प्राङबुङ स्पाेर्टिङ कृवकाे आयोजना तथा थाम्सुहाङ सेवा समाज प्राङबुङ र नेपाल घेदुङ सँघकाे सह-आयोजनामा खेलकाे आयोजना हुने र फालेलुङ गाउँपालिका फालेलुङ र फालेलुङ वडा नम्बर -५ ले आर्थिक सहयोग गर्ने र दिपज्याेति युवा कृव,फालेलुङ कञ्चनजँघा पर्यापर्यटन प्रवर्द्धन सँस्था मुख्य प्रवर्तक रहेको साथै श्री कालिका मा.वि,राष्ट्रिय पुर्वी पहाडी वन पैदावर व्यवसायी सँघ,ब्राइट स्टार इङलिस स्कुल मेलाकाे सहयाेगी सँस्था रहेको मेलाको सल्लाहकार सिल्प साम्पाङ राईले जानकारी दिनुभएको छ। साथै फुटबल खेल पुरुषतर्फ प्रथम हुने टिमले प्रथम पुरस्कार नगद रु एक लाख एक सय एक रुपैया र मेडल,प्रमाणपत्र त्यस्तै दृितिय हुने टिमले पुरस्कार रु.पचास हजार पाँच सय पचपन्न रुपैया , प्रमाणपत्र,मेडल र विद्यागत पुरस्कार प्राप्त गर्ने र महिला तर्फकाे लागि प्रथम हुने टिमले रु. तीस हजार तीन सय तेत्तीस,प्रमाणपत्र,मेडल र दृतिय हुने टिमले रू.बीस हजार दुई सय,बाईस र प्रमाणपत्र,मेडल र विद्यागत पुरस्कार प्राप्त गर्ने मेला अध्यक्ष गणेश खपाङ्गीले जानकारी दिनुभएको छ।