प्रथम सुर्यदय गाेलकपकाे उपाधि एफ.एफ.सि.सिदिन फालेलुङलाई

पुर्ण परिचित जबेगु

फालेलुङ पाँचथर,

पाँचथर जिल्लाकाे फालेलुङ गाउँपालिका वडा नम्बर – ४ लाफेकाे खेलमैदानमा सुर्यदय युवा कृव फालेलुङ -४ लाफे,फाेक्टेद्धारा आयोजना गरिएको प्रथम सुर्यदय गाेलकपकाे पुरुष तर्फकाे उपाधी एफ.एफ.सि सिदिनले जितेकाे छ ।आज भएको फाइनल खेलमा ट्राइब्रेकरमा हेबेन्ली युवा कृव फालेलुङ -५ लुदिनलाई २ काे विरुद्ध -४ गाेल गर्दै उपाधी पक्का बनाएको हाे। जितसगै विजेता टिमले रु.५० हजार,ट्रफि,मेडल र प्रमाणपत्र प्राप्त गरेको छ,त्यस्तै उपविजेता हेवेन्ली युवा कृव लुदिनले रु.३०हजार,मेडल,प्रमाणपत्र प्राप्त गर्न सफल भएको छ।त्यस्तै महिला तर्फकाे खेलमा फालेलुङ वन पि.एम.ले प्रथम स्थान हासिल गर्न सफल भएको छ भने आयाेजक सुर्यदय युवा कृव उपविजेता बनेको छ।विजेता र उपविजेता टिमले क्रमशः १५ हजार र १० हजार सहित प्रमाणपत्र,मेडल प्राप्त गर्न सफल भएको फुटबल खेल सँयाेजक सुजन राईले जानकारी दिनु भएको छ।

 

Copyright Reserved by NepBrand