माघे मेला गाेलकपकाे उपाधी नवसुसेली युवा कृबलाई

पुर्ण परिचित जबेगु
फालेलुङ,पाँचथर
फालेलुङ गाउपालिकाकाे केन्द्र थकेपुङमा नवसुसेली युवा कृब फालेलुङ पाँचथरकाे आयोजनामा सञ्चालन गरिएको माघे मेला गाेलकपकाे उपाधि आयाेजक नवसुसेली युवा कृवले हात पारेको छ।आज भएको फाइनल खेलमा जाेरपाेखरी फुटबल कृवलाई सुन्यकाे विरुद्ध चार गाेल गर्दै उपाधि जितेको हाे। जितेको लागि नवसुसेली कृवकाे तर्फबाट जमिन लक्सम र दिनेश शेर्माले दुई -दुई गाेल गरेका थिए। खेलकाे विजेता टिमले रु.१,५१,१५१,ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् भने उपविजेताले रु ७५,५७५,ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।
पाैष २७ बाट २० औ सँस्करणकाे खेल सुरु गरिएको खेलमा नेपाल र इन्डियाकाे जम्मा -१६ टिमको सहभागीता रहेकाे खेल सँयाेजक निर्मल जबेगुले बताउनु भएको छ।
फाेटाे – विरेन्द्र थाम्सुहाङ

Copyright Reserved by NepBrand