पुर्ण परिचित जबेगु
पाँचथर,
पाँचथर फिदिममा रहेर लामो समय अगाडिबाट गीत सँगीतकाे माध्यमबाट दर्शक श्राेतामाझ निरन्तर लागिरहनुहुने गायक तथा सँगीतकार बुद्धराज लिम्बूको सँगीतमा रहेकाे फालेलुङ पाँचथरका गायक,द भ्वाइस अफ नेपाल सिजन-६ काे ब्याटल राउन्डमा पुग्न सफल,सँगीत त्रिवेणी -२ काे विजेता उदयमान गायक मिङसाे केरुङकाे स्वरमा नयाँ गीत”चिण्डाेमा धान छ” सार्वजनिक भएको छ।
कल्पना आङबुहाङकाे शब्दमा रहेको गीतमा दिनेश माङ्मु लिम्बूको निर्देशन रहेको छ भने माेडल डाेना थापा मगर र सुहाङमा आङबुहाङ लिम्बूको अभिनय रहेको छ,यश गीतलाई गायिकाहरु ज्याेती बेघा,दीक्षा खजुम र याङसा थाम्सुहाङले काेरसमा साथ दिइएकाे छ।साथै विनाेद याक्खाकाे छायांकन तथा सम्पादन रहेको गीतमा रविना लिम्बूको मेकअप रहेको छ।
नयाँ गीत ” चिण्डाेमा धान छ” गीतकाे भिडियो मेरी आमा कल्पना आङबुहाङ अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरिएको यश गीतका सँगीतकार बुद्धराज लिम्बूले जानकारी दिनुभएको छ।