पुर्ण परिचित जबेगु
फालेलुङ पाँचथर
पाँचथरकाे फालेलुङ-३ मछेबुङमा ७ औ फालेलुङ च्यालेन्ज कप अन्तर्गत पालिका आमन्त्रण भलिबल टुर्नामेन्ट साथै वृहत् सागिँतिक कार्यक्रम र ब्याडमिन्टन,भेट्रान्स भलिबल खेल २०८१ फाल्गुन २७,२८ र २९ गते सञ्चालन हुने भएको छ। जुनेली युवा कृव मछेबुङ फालेलुङ ३ काे आयोजना र फालेलुङ गाउँपालिकाकाे मुख्य आर्थिक सहयोगमा कार्यक्रम आयोजना हुन लागेको हाे। यश पल्टकाे भलिबल खेल अन्तर्गत शिवसताक्षी नगरपालिका झापा,मिक्लाजुङ गाउँपालिका पाँचथर,सिदिङवा गाउँपालिका ताप्लेजुङ,हिलिहाङ गाउँपालिका पाँचथर,याङवरक गाउँपालिका पाँचथर,आयाेजक जुनेली युवा कृव फालेलुङ,बाह्रदशी गाउँपालिका झापा,फिदिम नगरपालिका पाँचथर सहित फालेलुङ गाउँपालिका पाँचथरकाे सहभागीता रहनेछ। खेलकाे विजेता टिमले नगद रु ७५००० सहित ट्रफि,मेडल र प्रमाणपत्र, उपविजेता टिमले नगद रु ३५००० सहित ट्रफि,मेडल र प्रमाणपत्र र तृतीय हुने टिमले रु २०००० सहित ट्रफि,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
फाल्गुन २९ गते भलिबल खेलकाे फाइनल सहित बृहत् साँगीतिक कार्यक्रम आयोजना हुनेछ,नेपालकाे चर्चित गायक डम्बर नेपालीकाे प्रस्तुति रहने साथै दीक्षा खजुम र सुनिल केरुङकाे पनि प्रस्तुति रहने र बरदान सँगीतालय फिदिम पाँचथरकाे नृत्य प्रस्तुति रहने जुनेली युवा कृवकाे सचिव युगल केरुङले जानकारी दिनु भएको छ।