पुर्ण परिचित जबेगु
फालेलुङ पाँचथर
राष्ट्रिय प्राकृतिक स्राेत तथा वित्त आयाेग नेपालले स्थानीय तहहरुकाे कार्य सम्पादन मुल्यांकन नतिजा सार्वजनिक गरेको छ । आयाेगकाे प्रतिवेदन अनुसार पाँचथर जिल्लाकाे स्थानीय तहहरु मध्ये फालेलुङ गाउँपालिकाले ७०.७ अँक प्राप्त गर्दै दाेस्राे स्थान हासिल गरेको छ । जिल्लाकाे सबैभन्दा उत्कृष्ट कार्यसम्पादन मुल्यांकनमा याङवरक गाउँपालिका रहेकाे छ,याँङवरकले ७२ अँक हासिल गर्दै प्रथम भएको आयाेगले जनाएको छ। पाँचथर जिल्लामा कुम्मायक गाउँपालिका तेस्राे,फाल्गुन्द गाउँपालिका चाैथाे,तुम्बेवा गाउँपालिका पाचाै,हिलिहाङ गाउँपालिका छैटौं,फिदिम नगरपालिका साताै र मिक्लाजुङ गाउँपालिकाले आठौं स्थान हासिल गरेकाे आयाेगकाे नतिजाले जनाएको छ।