पुर्ण परिचित जबेगु
फालेलुङ पाँँचथर,
नेपाल तरुणदल फालेलुङ गाउँपालिकाकाे प्रथम सम्मेलनबाट खड्ग ठट्टाल सर्वसम्मत निर्वाचित हुनुभएको छ। आज भएको अधिवेशनले उपाध्यक्षमा दिपेन्द्र लावती र कल्पना गुरागाँई सचिवमा विकास राई सहसचिवमा सुकमान केरुङ काेषाध्यक्षमा शन्देस राई सहित २६ सदस्यीय नयाँ कार्यसमिति गठन गरेेकाे छ। त्यस्तै जिल्ला प्रतिनिधिमा राधाकृष्ण रिजाल,सञ्चमान जबेगु,पुष्प अधिकारी,बुद्धमाया केरुङ,सुकराज जबेगु,रेणुका लाेहार,लक्ष्मण बराइली र सुरेन्द्र राई चयन हुनुभएको छ।
नेपाली काङ्ग्रेसको केन्द्रीय सहमहामन्त्री प्रमुख आतिथ्यमा अधिवेशन सम्पन्न भएको नवनिर्वाचित अध्यक्ष खड्ग ठट्टालले जानकारी दिनुभएको छ।