पुर्ण परिचित जबेगु
फालेलुङ,पाँचथर
पाँचथर जिल्लाकाे फालेलुङ गाउँपालिका वडा नम्बर -४ चाररातेमा आठौं फालेलुङ चाैँरी पर्यटन महाेत्सव आयोजना हुने भएको छ। २०७३ सालबाट निरन्तर रुपमा लाग्दै आइरहेको फालेलुङ चाैँरी पर्यटन महाेत्सव यो पल्ट पनि लाग्ने भएको हाे।२०८१ चैत्र ३१ गतेबाट सुरु हुने महाेत्सवकाे पहिलाे दिन चाैरीजन्य उत्पादनहरुकाे स्टल उद्घाटन हुने छ भने २०८२ सालकाे बैशाख १ गते नयाँ वर्षको दिन विभिन्न साँस्कृतिक कार्यक्रम सहित याक डान्स,चाैरी पालक कृषकहरुकाे हुर्दुक पडकाउने,डाेरी तान्ने,चाँरी पालक कृषकहरुलाई सम्मान गर्ने कार्यक्रम साथै नेपालकाे चर्चित हास्य कलाकार तथा जादुगर शेरबहादुर गुरुङकाे विशेष प्रस्तुति रहने छ त्यस्तै बैसाख २ गते नेपाल र भारतबीच,ताप्लेजुङ र पाचथरबीच,सिक्किम र नेपाल बीच मैत्रीपूर्ण साहसिक फुटबल खेल,चाैरी पालक केन्द्रीत छेलाे हानईकाे आयोजना हुने भएको छ।
नेपाल र भारतकाे सिमाना,नेपालकाे चर्चित पर्यटन गन्तव्य सन्दकपुरकाे नजिकै समुन्द्र सतहबाट ३ हजार ५ सय मिटरकाे उचाइमा रहेकाे चाररातेमा चाैरी महाेत्सव लाग्दै आइरहेको छ। फालेलुङ गाउँपालिका थकेपुकाे मुख्य आयोजना र फालेलुङ कञ्चनजंघा पर्या पर्यटन प्रवर्द्धन सँस्था,दिपज्याेती युवा कृब,कञ्चनजंघा चाैरी पालक सहकारी सँस्थाकाे आयोजक रहेको छ भने प्रवर्द्धनकाे लागि नेपाल पत्रकार महासँघ पाँचथर,नेपाल पर्यटन बाेर्ड र पर्यटन,वन तथा वातावरण मन्त्रालय रहेको छ।
चाैरी गाई तथा तिनकाे प्रजातिकाे सँरक्षण सँगै चाैरीजन्य उत्पादनकाे प्रवर्द्धन,प्रचार र बजारीकरण गर्ने मुख्य उदेश्य लिएर महाेत्सव आयोजना गर्न लागिएकाे आयाेजक सँस्था कन्चनजँघा पर्या पर्यटन सँस्थाकाे महासचिव डिल्ली आन्जुम केरुङले बताउनुभएको छ।