स्व:विवस जबेगु स्मृति छात्रवृत्ति पुरस्कार श्री सिँह सिद्ध मा.वि.अँशुभञ्ज्याङमा वितरण

पुर्ण परिचित जबेगु

फालेलुङ पाँचथर,

श्री सिँह सिद्ध माध्यमिक विद्यालय फालेलुङ-८ पाँचथरमा स्व:विवस जबेगु स्मृति छात्रवृत्ति प्रतिभा पुरस्कार आज एक कार्यक्रम बिच श्री सिँह सिद्ध मा.वि.अँशुभञ्ज्याङमा अध्ययनरत -७ जना विद्यार्थीहरुलाई प्रदान गरिएको छ।

फालेलुङ-८ पाँचथरका अम्विकाहाङ जबेगु र जसाेदादेवि कन्दवा जबेगुकाे जेठाे छाेरा स्व:विवस जबेगुकाे नाममा स्थापना गरिएको अक्षयकोषबाट छात्रवृत्ति प्रदान गरिएको हाे। स्व:विवस जबेगुकाे नाममा अक्षयकोष अम्विहाङ जबेगु,जसाेदादेवि जबेगु,सुर्यबहादुर जबेगु र विमला जबेगुले स्थापना गर्नुभएको हाे। अक्षयकोषमा रु.५००००० रु पाँचलाख मुद्दतीकाेषमा जम्मा गरि उक्त रकमबाट प्रत्येक बर्ष आएकाे व्याजले विभिन्न विद्यामा सर्वाेकृष्ट विद्यार्थीहरुलाई छनाेट गरि प्रदान गरिने विद्यालयका प्रधानाध्यापक राजेन्द्र केरुङले बताउनु भएको छ।साेही छात्रवृत्ति पुरस्कार वितरण कार्यक्रममा अक्षयकोष सँञ्चालक परिवारबाट कक्षा ११र१२ लाई ८/८ सेट पाठ्यपुस्तक र २ थान भलिबल समेत प्रदान गरिएको छ।

Copyright Reserved by NepBrand